भारतमा अत्यधिक गर्मी: ७९ जनाकाे मृत्यु, सङ्कटकाल घोषणाकाे आग्रह

काठमाडौं: भारतमा अत्यधिक गर्मी बढेको छ। यहाँ ५० डिग्री सेल्सियस आसपास तापक्रम पुगेकाे छ।

गर्मीका कारण भारतका विभिन्न ठाउँमा गरेर ७९ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो ।
  ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो ।
बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । 
राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो । उत्तर प्रदेश र दिल्लीमा १/१ जनाको मृत्यु भएको छ ।

यसैबीच भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ।

भारतका थुप्रै सहरहरूमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ। हालका दिनहरूमा सबैभन्दा तातो मौसमबाट गुज्रिएको पश्चिमी राज्य राजस्थानको उच्च अदालतले जनतालाई गर्मीबाट जोगाउन अधिकारीहरू उचित कदम चाल्न असफल भएको बताएको छ।

यसैगरी गर्मीका कारण मृत्यु हुने व्यक्तिको आफन्तका लागि क्षतिपूर्ति कोष स्थापना गर्न पनि अदालतले राज्य सरकारलाई निर्देशन पनि दिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!