बिहार र उत्तर प्रदेशमा चट्याङ: ६० जनाकाे ज्यान गयो

एजेन्सी : भारतको बिहार र उत्तर प्रदेशमा चट्याङका कारण ६० जनाको मृत्यु भएको छ।

चट्याङ, आँधीबेहरी र वर्षाका कारण बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।

बिहारको आधिकारिक तथ्याङ्क अनुसार १० अप्रिल २०२५ मा नालंदामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको थियो।

यसैबीच अप्रिल ९ मा जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार, बेगुसरायमा ५, दरभंगामा ४, मधुबनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको छ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

उत्तर प्रदेशको राहत आयुक्तको कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, अप्रिल १०, २०२५ मा कुल २२ मानव र ४५ जनावरको मृत्यु भएको छ भने १५ घरहरूमा क्षति पुगेको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!