वर्षाले जनजीवन प्रभावित,किसान खुसी

बैतडी: अविरल वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाकाे जनजीवन प्रभावित बनेकाे छ।

बिहिबार दिउँसोदेखि निरन्तर रूपमा यहाँ वर्षा भइरहेको छ।

अविरल वर्षाका कारण चिसो बढेर दैनिक जनजीवन प्रभावित भएको मेलाैलीका केशव दयालले बताउनुभयो । उहाँले भन्नुभयाे,” चिसोका कारण स्थानीय घरबाहिर निस्कन समस्या भएको छ। दैनिक कामकाज गर्न समेत अठ्याराे छ।”

वर्षाले सवारी आवागमन पनि न्यून छ। चिसाेले गर्दा बृद्धबृद्धा,बालबालिका बढी प्रभावित भएका छन्।

यसैबीच लामाे समयपछि भएको हिउँदे बर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन्।

बालीनाली सुक्दै गएको बेलालामाे समयपछि भएको हिउँदे वर्षाले राहत मिलेकाे दाेगडाकेदार-३ श्रीकाेटका प्रेमसिंह धामीले बताउनुभयाे।
वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको छ। उहाँले भन्नुभयाे,”यो वर्ष लामो समयपछि पानी परेको छ। सिँचाइको सुविधा नभएका ठाउँका लागि यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक हुनेछ ।”

गत असोजदेखि बैतडीमा छिटफुट वर्षा भए पनि पर्याप्त पानी परेको थिएन ।

पानी र हिमपातले माटोको उर्वरा शक्ति बढाउने, हानिकारक कीरा नियन्त्रण गर्ने गर्नुका साथै बालीको उत्पादनमा सुधार हुने कृषि प्राविधिकहरूले बताएका छन् ।
यस्तै हिउँदे फलफूलमा पालुवा आउने समय भएकाले यो वर्षाले फाइदा पुर्याउनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!