विराट कोहली विवादमा,आइसिसीले गर्यो जरीवाना

काठमाडौं: भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहली विवादमा तानिएका छन् । विवादमा आएसंगै कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जरीवाना समेत गरेको छ ।

मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो ।

यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो । त्यस समय कोहली र कोन्स्टासको ओभरको बीचमा पिचपार गर्ने क्रममा काँधमा ठोक्किएका थिए।कोन्स्टासका ओपनिङ पार्टनर उस्मान ख्वाजा र अम्पायर माइकल गफले बीचैमा रोकेर विवाद लाई छोट्याएका थिए ।

कोहलीलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरीवाना गरिएको हो । जुन नियम खेलाडी, सहयोगी कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै पनि व्यक्तिसँग अनुचित शारीरिक सम्पर्कसँग सम्बन्धित रहेको छ । कोहलीले जरीवानालाई स्वीकार गरेकाले अन्य प्रकृया आवश्यक परेन ।

विराटले त्यो मुठभेडलाई उक्साएका अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले च्यानल सेभेनमा कमेन्ट्री गर्दै भनेका थिए । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले स्टार स्पोर्ट्ससँग कुरा गर्दै कोहलीले जे गरे त्यो अनावश्यक भएको बताएका थिए।

यसै खेलमा टेस्ट डेब्यु गरेका कोन्स्टासले बुमराहविरुद्ध ३३ बलमा ३४ रन र मोहम्मद सिराजको बलमा १९ बलमा २० रन जोडेका थिए । कोन्स्टासले ६५ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६० रन जोड्दै आउट भएका थिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!