एजेन्सी:अफगानिस्तान बघलानमा शनिबार अचानक बाढी आएकाे छ। विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)का अनुसार बाढीका कारण तिनसय जनाकाे मृत्यु भएकाे छ।
बाढीका कारण तीनसय बढीकाे मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका जनाएको छ।
बघलानलाई आपतकालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास भइरहेको छ।
