अमेरिकाविरूद्ध नेपाल ब्याटिङमा,राम्रो सुरूआत

काठमाडौं: अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

अमेरिकाको डालसमा घरेलु टोलीका कप्तान मोनांक पटेलले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् ।
क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।

अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ ।
अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!