पन्ज्युनयाँ क्रिकेट भाेलिदेखि,उद्योगमन्त्री दामाेदर भण्डारीले उद्घाटन गर्ने

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँ सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग भाेलिदेखि शुरू हुदैछ ।

दाेगडाकेदार गाउँपालिकाकाे प्रायाेजन तथा शुशितम युवा क्लबकाे आयाेजना हुने प्रतियोगिताका खेलहरू दाेगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुनेछन्।

प्रतियोगिताकाे उद्घाटन एक भव्य कार्यक्रम गरेर गरिने आयाेजक शुशितम युवा क्लबका सदस्य अशाेक कार्कीले जानकारी दिनुभयाे।
उद्घाटन समाराेहमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारी प्रमुख अतिथि रहने कार्यक्रम रहेकाे छ।
यस्तै सुदूरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार विकासमन्त्री सुरेन्द्र पाल,दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्की लगायतका विशिष्ट व्यक्तिहरूकाे पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ ।

उद्घाटन समाराेहपश्चात पहिलाे खेलमा बस्काेट सुपर किङ ए र लेकम स्टार्स भिड्ने शुशितम युवा क्लबका सचिव जगदीश सिंह कार्कीले जानकारी दिनुभयाे।
कात्तिक १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ टाेलीकाे सहभागीता रहनेछ ।
सहभागी हुने टाेलीलाई ४ समूहमा विभाजन गरिएको छ। लिग चरणका खेलहरू १२ ओभर र क्वाटरफाइनलपछिका खेलहरू २० ओभरका हुनेछन् ।

सहभागी हुने टिमले ४ जना विदेशी खेलाडी समेत राख्न पाउने र इम्प्याक्ट खेलाडीकाे पनि व्यवस्था रहेकाे छ। खेल टेनस बलले खेलाइने र एलबीडब्लू आउट लागु नहुने आयाेजकले जनाएको छ।

प्रतियोगिताकाे विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ। पुरस्कार राशीमा १३ प्रतिशत कर कट्टी गरिनेछ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
खेलतालिका:-







Leave A Reply

Your email address will not be published.

error: Content is protected !!