काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीहरुको बोलकबोल (अक्सन) हुने भएकाे छ।
अक्सन असाेज २० हुने तय भएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभयाे।
खेलाडीको अक्सनमा न्यूनतम मूल्य २ देखि १५ लाख रुपैयाँसम्म तोकिएको छ ।
एनपीएल आगामी नोभेम्बर डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् ।
लक्की ड्रमार्फत ८ फ्रेन्चाइज टोलीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरी सकेका छन् ।
काठमाडौंको करण केसी, पोखरा कुशल भुर्तेल, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित पौडेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दिनेपन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।
एनपीएल क्रिकेट मंसिर १५ देखि काठमाडौंमा हुदैछ ।
