एनपिएल: कमर्सियल अधिकार लजिकलाई,५ करोड ९२ लाखमा बिक्री
इभेन्ट रणनीतिक र मार्केटिङ कसल्ट्यान्ट पनि नियुक्त
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ।
क्यानका अनुसार बोलकबोल प्रक्रियाबाट ब्रान्ड डिजिटलले कमर्सियल अधिकार पाएको हो। त्यसका लागि उसले ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएको थियो।
अब उसले एपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन र मार्केटिङ गर्नेछ।
यता एनपिएलका लागि क्यानले ट्वान्टी फर्स्ट सेन्जुरी मिडिया स्पोर्ट्सलाई आधिकारिक इभेन्ट रणनीतिक र मार्केटिङ कसल्ट्यान्ट नियुक्त गरेको छ। यसँगै अब यो कम्पनीसँग क्यानले इभेन्ट म्यानेजमेन्ट, खेलको प्रोडक्सन, प्रशारण र प्रोमोसनका काममा सहकार्य हुने क्यानले जनाएको छ।
आगामी मंसिर १६ देखि पुस ६ सम्म हुने एनपिएलमा ८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। लिगमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।
टिमका मार्की खेलाडी छनाैट भइसकेका छन् भने अन्य खेलाडी अक्सनमार्फत छानिने क्यानले जनाएको छ।

