काठमाडौं: यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताकाे एसिया क्वालिफायरको तयारीका लागि २९ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।
नेपाल क्रिकेट संघ क्यानले दाङमा आयोजना हुने पहिलो चरणको बन्द प्रशिक्षणका लागि २९ जना खेलाडीको सूची सार्वजनिक गरेकाे हाे।
क्यानले यसअघि चितवनमा सम्पन्न मैयादेवी कप र काेहलपुर मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएकाे जनाएको छ।
बन्द प्रशिक्षण भदाै ३० गतेदेखि दाङकाे लमहीमा १५ दिनसम्म सञ्चालन हुनेछ।
पहिलाे चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई दाेस्राे चरणकाे बन्द प्रशिक्षणमा बाेलाइनेछ।
यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताकाे एसिया क्वालिफायर सन २०२४ काे नाेभेम्वरमा युएईमा हुने तय भएकाे छ।
बन्द प्रशिक्षणमा बाेलाइएका खेलाडीहरूकाे नामावली :-

