काठमाडौं: नेपाल प्रिमियर लिग टी-२० क्रिकेट आगामी मंसिर १५ गतेदेखि हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) काे आयाेजनामा हुने प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुनेछ।
क्यानले आज एक कार्यक्रमकाे आयाेजना गर्दै उक्त लिगकाे लोगो पनि सार्वजनिक गरेकाे छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गर्नुभएको हाे।
राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिवद्धता जनाउनुभयाे ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले लिग सम्पन्न गर्न सबैको सहयाेग आवश्यक रहेकाे बताउनुभयो ।
