काठमाडौं: थाइल्यान्डमा जारी आइसिसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपाल सुपर थ्री मा प्रवेश गरेको छ ।
आज हुने भनिएको बहराइन र हङकङबीच खेल खराब मौसमका कारण हुन नसकेपछि नेपाल नेटरनरेटमा अगाडी रहदैै सुपर थ्री मा सुरक्षित भयो ।
नेपाल र हङकङको समान ५/५ अंक थियोे। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।
आईसीसिको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिगपश्चात् २ वा बढी टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।
नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।
छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो ।
हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् ।
सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।
नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।
