काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो ।
चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।
