सरकारबाट बाहिरियो एमाले,सबै मन्त्रीले दिए राजीनामा

काठमाडौं: नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी एमालेका सबै ८ मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएसंगै चार महिनाअघि दिएकाे समर्थन पनि फिर्ता भएको छ।
एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेससँगको सहमतिपछि आज सरकारबाट बाहिरिएको हो।

संसद्‌को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ। कांग्रेस र एमालेले सोमबार राति आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका थिए। 

ओलीले बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेलगत्तै एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाए। 

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिनुभएकाे हाे।

अब एमाले र कांग्रेस मिलेर सरकार बनाउनेछन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!