आन्द्रे रसेलले एनपीएल खेल्ने पक्का,विराटनगरमा अनुबन्ध

काठमाडौं:स्टार खेलाडी तथा वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।

एनपीएल यही कात्तिक ९ देखि कीर्तिपुरमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!