काठमाडौं:
नेपालले वेस्ट इन्डिज ए टाेलीलाई हराएकाे छ । घरेलु टाेली नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले हराएकाे हाे।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्याे। जसमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेले । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे।
यसअघि त्रिवि मैदानमा टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए ।
नेपालका कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।

