विश्वकप क्रिकेट:उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै,भिडन्त रोचक

काठमाडौं: नवौँ संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज दुई प्रभावशाली टेस्ट राष्ट्र भारत र दक्षिण अफ्रिका भिड्दैछन् ।

क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा हुने फाइनल भिडन्त आज बेलुका सवा आठ बजेबाट शुरु हुनेछ ।

दुबै टोली यो संस्करणमा अपराजित रहदैं फाइनलमा पुगेकाले उपाधि भिडन्त निकै कडा र रोचक हुने अनुमान गरिएको छ ।

भारत दोस्रोपटक च्याम्पियन बन्ने दाउमा छ भने दक्षिण अफ्रिका पहिलो उपाधि चुम्ने लक्ष्यमा छ ।

भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

भारत यसअघि सन् २०१४ मा टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । उक्त फाइनलमा भारत श्रीलंकासंग ६ विकेटले पराजित भएको थियो ।

भारतले पनि सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै उपाधि रक्षा गरेको थियो । त्यतिबेला भारतले फाइनलमा पाकिस्तानलाई पाँच रनले हराउदैं उपाधि रक्षा गरेको थियो ।

दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको टोली हो । दक्षिण अफ्रिका यसअघि दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा भारत अगाडि देखिन्छ ।

पछिल्लो वरीयतामा भारत पहिलो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ ।

टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि भारतको दबदबा रहेको छ। हालसम्म खेलेका २६ खेलमध्ये भारतले १४ र दक्षिण अफ्रिकाले ११ जित हात पारेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!