अशक्तको घरमा प्रजिअ कार्यक्रम सञ्चालनकाे तयारी

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । हालै मात्रै नयाँ प्रजिअका रूपमा हाजिर मीना अर्यालले शारीरिक अशक्तता र अपांगता भएका नागरिकहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयाे।

शारीरिक अशक्तता र अपांगता भएकै कारण जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा पुग्न नसकी नागरिकताबाट वञ्चित रहेका नागरिकलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हाे । 

नेपाली नागरिकताबाट वञ्चित रहेका अशक्त तथा अपांगता भएका नागरिकहरुलाई सकेसम्म उनीहरुकै घर वा सहज हुने नजिकको स्थानमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन लागेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयाे । 

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालनका लागि अशक्त तथा अपांगता भएका नागरिकको विवरण संकलन गर्न थालिएको छ । यसका लागि जिल्लाका १० ओटै स्थानीय तहहरुलाई पत्राचार गर्दै आफ्नो पालिकाभित्र रहेका अशक्त तथा अपांगता भएका नागरिकको विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ । 

विवरणको ढाँचासहित सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको र नागरिकता बनाउन बाँकी रहेका अशक्त तथा अपांगता भएका नागरिकको विवरण उपलब्ध गराउन प्रशासनले आग्रह समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!