एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि हुने

काठमाडौं: नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि शुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो । क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दसैँ र तिहारको बीचमा परेको छ । 

क्यानले तिहारका दुई दिनबाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो । तेस्रो संस्करणका लागि खेलाडीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अहिले सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन् ।
पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!