बस दुर्घटना: चालकसहित १७ जना घाइते

बैतडी:दशरथचन्द राजमार्ग अन्तरगत बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–९ गैराखानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट १५० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्। विस्तृत विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!