बैतडी: बैतडीमा सम्पन्न प्रदेशस्तरीय U-19 महिला क्रिकेटकाे उपाधि डडेल्धुराले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा कञ्चनपुरमाथि ७ विकेटको जित निकाल्याे ।
डडेल्धुरा लगातार दाेस्राे पटक च्याम्पियन भएको हाे।
सुन्दरखाली मैदानमा कञ्चनपुरले दिएकाे ७२ रनकाे सामान्य लक्ष्य डडेल्धुराले १० ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
यसअघि कैलालीको फाप्लामा सम्पन्न प्रदेशस्तरीय U-19 छनाेटमा कञ्चनपुरलाई ५ रनले हराएर डडेल्धुरा च्याम्पियन बनेको थियाे।

