बैतडी:जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी दशरथचन्द नगरपालिका ८ त्रिपुराका हिम्मत चन्द अनसन बसेका छन्।
गोठालापानीमा भारतबाट आएका मुस्लिम समुदायका व्यक्तिहरूले राममन्दिरको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएकाले उनीहरुको व्यवसायबारे छानबिनको माग गर्दै चन्द अनसन बसेका हुन् ।
भारतको पश्चिम बङ्गाल राज्यबाट बङ्गाली मुस्लिम आउने क्रम बढेको र छानविन र अध्ययन गर्नुपर्ने भन्दै चन्दले गत वैशाख २४ गते पनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
निवेदनपश्चात पनि प्रशासन कार्यालय मौन रहेको भन्दै चन्द अनसन बसेका हुन् ।


