बैतडी: बैतडी जिल्ला क्रिकेट संघकाे अधिवेशन यही जेठ २२ गते हुने भएको छ।
नेपाल क्रिकेट संघको निर्देशन अनुसार अधिवेशन २२ गते राखिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटी जानकारी दिनुभयो ।
सदरमुकाम गोठलापानीमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनका लागि नेपाल क्रिकेट संघको विधान बमोजिम जिल्ला क्रिकेट संघमा आबद्ध सम्पुर्ण साधरण सदस्य, संघसंग आबद्ध क्लबहरु, नेपाल क्रिकेट संघबाट मान्यता प्राप्त प्रशिक्षक, एम्पायर, खेलाडी स्कोरर लगायत सम्बन्धित सबैका लागी सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लिन आग्रह गरिएको छ।
आज एक सूचना प्रकाशन गरेर पन्ध्र दिन भित्रमा नवीकरण तथा नयाँ सदस्यता लिन आग्रह गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।
सदस्यता प्राप्तिका लागि नेपाल क्रिकेट संघ वा राष्ट्रिय खेलकुदबाट आयोजना भएका तिन अलग अलग वर्षमा ३ वटा सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका महिला तथा पुरुष खेलाडी,अन्तराष्ट्रिय सिनियर क्रिकेट प्रतियोगिता खेलेका पुर्व महिला तथा पुरुष खेलाडीहरु, आइसीसी, एसीसी वा नेपाल क्रिकेट संघबाट आयोजित कम्तीमा एक श्रेणीको (लेबल १ पास गरेको) क्रिकेट प्राविधिक तालिम प्रमाणपत्र प्राप्त अम्पायर, प्रशिक्षक तथा स्कोररहरु,दुई कार्यकाल नेपाल क्रिकेट संघ, क्षेत्रीय क्रिकेट विकास समिती, (प्रादेशीक क्रिकेट संघ समेत) वा जिल्ला क्रिकेट संघको कार्यसमितिका सदस्यहरु हुनुपर्ने जनाएको छ।
यस्तै वर्तमान जिल्ला क्रिकेट कार्यसमितिका सम्पुर्ण सदस्यहरु,पछिल्लो ८ बर्षमा जिल्ला क्रिकेट संघद्वारा आयोजित क्रिकेट प्रतियोगिताहरुमा कम्तीमा २ पटक सहभागी भएका क्लबहरु नियमित नवीकरण भएका हुनुपर्ने मापदण्ड राखिएको छ।

