जनप्रतिनिधिले कर्मचारी कुटेको आरोपः कामकाज ठप्प

बैतडी: बैतडीको मेलौली नगरपालिकामा एक वडाध्यक्षले बिहीबार कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । मेलौली–०९ का वडा अध्यक्ष लोकराज भट्टले नगरपालिकाका जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीलाई कुटपिट गरेको आरोप लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा उक्त घटना भएको हो । नगरपालिकाले वडा कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्ट कार्यालय प्रमुख समक्ष पेश गर्नुभएको थियो ।

उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारि बिनै सामान खरिद गरेर खर्च गरेको खुल्न आएपछि प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले रकम खर्चबारे जिन्सी शाखाका कर्मचारी जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्दा दुबै पक्षबीच धकेलाधुकुल भएको हो ।

तर बिहीबार कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटि अठ्याँई कुटपिट गरेको आरोप लगाएका छन । कार्यालय कामकाजको शिलशिलामा कार्यालय प्रमुखसंग छलफल गरिरहेको बेला कुटपिट भएको जनाईएको छ ।
कर्मचारीहरुले घटनाको सत्य तथ्य छानबिन गरि दोषिलाई आवश्यक कार्वाहीको माग गरेका छन। कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको समेत विज्ञप्ती मार्फत जानकारी गरिएको छ ।

कुटपिटको आरोप लागेका वडा अध्यक्ष भट्टले घटनाको खण्डन गरेका छन । वडाले कार्यालय प्रयोजनाका लागि छुट्याएको ५० हजार बजेट वडाको बिना सिफारीस खर्च भईसक्यो, म सिलिङ देखाउछु भन्ने कुरा आएपछि बिवाद भएको बताएका छन।
वडाले शिर्षक बनाई छुट्याएको रकम वडाको बिना सिफारीस कसरी खर्च भयो भनेर सोध्ने क्रमम आफै आक्रोशित हुनु भएको वडा अध्यक्ष भट्टको भनाई रहेको छ। यद्यपि हातपात चाहि नभएको उहाँको दाबी छ ।

नगर प्रमुख भिम बहादुर चन्द बाहिर रहेकाले निमित्तको जिम्मेवारी पाएका नगर उपप्रमुख पार्वती बोहरा विष्टले दुबै पक्षलाई बोलाएर घटनाबारे सत्यतथ्य छानबीन गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!