एसिया कप खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं: श्रीलंकामा हुने एसिया कपको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा हो।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग २१ जुलाई अर्थात साउन ६ मा श्रीलंकाको डम्बुलामा प्रतिस्पर्धा गर्नेछ।

सन् २००७ मा मलेसियामा भएको एसीसी वमेन्स टुर्नामेन्टमा सहभागीता जनाउदै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत गरेको नेपाली टोलीले पहिलो पटक रात्रीकालीन अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिँदैछ।

नवौं संस्करणको एसीसी महिला एसिया कप आगामी जुलाई १९ बाट श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल सहित आठ राष्ट्रको सहभागीता रहेको छ। सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियन भारतसँगै समूह ए मा रहेको छ। समूह ए मा नेपाल र भारतका अलावा पाकिस्तान र युएई छन्। प्रतियोगितामा नेपालको पहिलो खेल १९ जुलाईमा युएईविरुद्ध रहेको छ। उता, समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाइल्यान्ड छन्।

नेपाली टोली :
कप्तान इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, कविता कुवँर, पुजा महत्तो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, रजमती ऐरी, कृतिका मरासनी, रोमा थापा र डोली भट्ट रहेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!