बैतडीमा प्रधानमन्त्री कप महिला क्रिकेट सुरु,उद्घाटनमा पाटनको रोमाञ्चक जित

बैतडी: बैतडीमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
दशरथचन्द खेल मैदान,सुन्दरखालीमा सुरु भएको प्रतियोगिताको दशरथचन्द नगरपालिकाका उपमेयर कौशिला चन्दले उद्घाटन गर्नुभयो ।

उद्घाटनपश्चात भएको पहिलो खेलमा पाटन भ्यालीले निङ्गलाशैनी टिममाथि १ विकेटको राेमाञ्चक जित दर्ता गर्यो ।
जितका लागि पाएको १७१ रनको लक्ष्य पाटनले १८ दशमलब ५ ओभरमा ९ विकेटको क्षतिमा पुरा गर्यो । जसमा कप्तान करिष्मा थापाले ३९ र दिपा चन्दले २३ रनको योगदान गरिन् ।
बलिङ्गमा निङ्गलाशैनीकी आरती बोहराले ३,अञ्जु पार्की र जानकी मौनीले २/२ विकेट झारिन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनी १८ दशमलब १ ओभरमा १७० रनमा समेटियो ।
रविना बोहराले ४२ र कप्तान जानकी थापाले सर्वाधिक २९ रन बनाइन् ।
५४ रन बनाएर ५ विकेट गुमाएर धर्मराएको पारीलाई त्यसपश्चात रविना र कप्तान जानकीले ११३ रनको शतकीय साझेदारी गरे ।

पाटनकी समिक्षा भण्डारीले २ विकेट हात पारिन्

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!