सुरेश महरा/बैतडी:बैतडीमा घरदैलोसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको छ। जिल्लाकाे सुर्नया गाउँपालिका ४ स्थित उदयदेब माध्यमिक विद्यालय पालिगडाले आज देखि नयाँ शैक्षिक सत्र २०८३ का लागि घरदैलो अभियानसहित विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेको छ।
सामुदायिक बिद्यालय प्रति अभिभावक को चासो नहुदा बिद्यालय संकट पर्ने स्थिति को अन्त्य गर्न सम्बन्ध सुधार र अभिभावक लाई बिश्वास दिलाउन र गुणस्तर सुधार को लागि अभियान सन्चालन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक साउदले बताउनुभयो ।
दक्ष तथा तालिमप्राप्त शिक्षकद्वारा अध्यापन, अतिरिक्त क्रियाकलाप शिक्षण सिकाइ तथा कम्प्युटरमार्फत प्रयोगात्मक शिक्षा दिदै आएको विद्यालयका प्रधानाध्यापक वीर सिह साउदले जानकारी दिनुभयो ।
अभिभावकलाई आफ्ना नानीबाबुहरूलाई समयमै भर्ना गराउन विद्यालय व्यवस्थापन शिक्षक अभिभावक समिति का अध्यक्ष सुरेन्द्र बहादुर महराले आग्रह गर्नुभएको छ ।
उदयदेब माविको सेवा क्षेत्रभित्रका सबै टोलमा घरदैलो अभियान सञ्चालन गरेर विद्यालयप्रतिको अभिभावकहरुको सकारात्मक दृष्टिकोण बनाउने, विद्यार्थी संख्या बढाउने र विद्यालयले चालु शैक्षिक सत्रमा चाल्ने नयाँ कदमका बिषयमा अभिभावकहरुलाई जानकारी गराउन घरदैलो अभियान सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक वीर सिह साउदले बताउनुभयाे ।
