दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिएको छ ।
मालिकार्जुनको शान:बालविबाह मक्त हाम्रो अभियान भन्ने मूल नाराका साथ पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको हाे।
गाउँपालिकाका अध्यक्ष हिरा सिह धामीको अध्यक्षता एव जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आर्थित्यतामा पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको पालिका उपाध्यक्ष कल्यान सिह धामीले जानकारी दिनुभयाे ।
गाउँपालिका भित्र रहेका आठै वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएसँगै पालिकालाई पनि बालविवाह मुक्त घोषणा गरिएको जनाएको छ।
