जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी प्रकाउ

बैतडी: जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा जिल्लाकाे पाटन नगरपालिका ८ सलमारीका ३४ वर्षीय रमेश बिष्ट रहेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयाे।

जबरजस्ती करणीको मुद्दाका कैदी रहेका विष्टलाई प्रहरी चौकि खोड्पेबाट प्रहरी नायव निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा आज घरबाटै पक्राउ गरेको हाे।

विष्ट गत भदाैमा भएकाे जेन्जी आन्दोलनको क्रममा कारागार कार्यालय डडेल्धुराबाट भागी फरार रहेका थिए।

पक्राउ परेका विष्टलाई कारागार कार्यालय डडेल्धुराकाे जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!