पाटनले थाल्याे बजार अनुगमन : ४५ हजारको अखाद्य सामग्री नष्ट

बैतडी: बैतडीको पाटन नगरपालिकाले बजार अनुगमन थालेको छ। अनुगमन अन्तर्गत आज पाटन बजार क्षेत्रमा अनुगमन गरिएको नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराले जानकारी दिनुभयाे।
। 
अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ ।
 नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट अखाद्य सामग्री बरामद गरेको थियो । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हाे ।

अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । बजार अनुगमन गर्दा व्यापारीहरुलाई उपभोग्य मिति हेरेरमात्रै खरीद विक्रि गर्न आग्रह गरिएको बजार अनुगमन समितिले जनाएको छ । 
यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ ।
बजारबाट कुनै पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उपभोक्ताहरुलाई पनि आग्रह गरिएको छ ।  
कालाेबजारी राेक्न अनुगमनलाई निरन्तरता दिइएको जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!