महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

बैतडी: महाकाली नदीमा बेपत्ता रहेका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द चार दिनपछि मृत अवस्थामा फेला परेका छन् । 
चन्द गएको मंगलबार बिहान साढे ११ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा चन्द हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए।
चन्दको शव महाकाली नदी किनारमा भारतीय क्षेत्रमा आज फेला परेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताउनुभयो ।
भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदी किनारमा चन्दको शव फेला परेको हाे। यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टी रहेको बताइएको छ । 
महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उहाँको शव फेला पारेको जनाएको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!