सेनाको रगतले बैतडीमा सुत्केरीको ज्यान जोगियो

बैतडी: नेपाली सेनाले रक्तदान गरेपछि जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेकी एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।
जिल्लाको मैलौली नगरपालिका–६ पोखरेकी २५ बर्षीया रेवती दयाललाई रगत आवश्यक परेपछि नेपाली सेनाको बैतडीस्थित श्रीबक्स गुल्ममा कार्यरत केशकर्तक कामेशकुमार ठाकुरले रक्तदान गरेको श्रीबक्स गुल्मका गुल्मपति, सेनानी पुष्प लामाले बताउनुभयो।
ठाकुरले अस्पतालमै पुगेर एकपिन्ट रक्तदान गर्नुभएको हो।

प्रसूती सेवाका लागि अस्पतालमा भर्ना भएकी रेवतीलाई एबी पोजिटिभ रगत आवश्यक परेको र नेपाली सेनाले रक्तदान गरेपछि उनको उपचारमा सहजता आएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।

नेपाली सेनाले रगतको आवश्यकता भएका बिरामीहरुलाई समय–समयमा रक्तदान गर्दै आएको छ ।
यहाँ रक्तसञ्चार केन्द्र सञ्चालन नहुँदा रगत आवश्यक पर्दा सेना,प्रहरीको भर पर्नुपर्ने बाध्यता छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!