महाकालीमा बेपत्ता चन्दको अवस्था अज्ञात,खोजी गर्न दुई देशका सुरक्षाकर्मी परिचालन

बैतडी : महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्दकाे अवस्था तीनदिनसम्म अज्ञात रहेको छ।

चन्द मंगलबार बिहान साढे ११ बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए।

नदीमा बेपत्ता भएका चन्दको खोजीका लागि नेपाल र भारतका सुरक्षाकर्मी परिचालन भएका सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताउनुभयाे । 

नदीमा बेपत्ता भएका चन्दको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि सहकार्य भइरहेको छ। महाकाली नदीमा एसएसबीको र्याफ्टिङ कार्यक्रम पनि चलिरहेकाले बेपत्ता चन्दको खोजीमा उनीहरुसँग पनि सहकार्य भएको कुँवरले बताउनुभयाे । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!