महाकाली नदीमा बगेर एक पुरूष बेपत्ता

बैतडी:महाकाली नदीमा बगेर बैतडीका एक पुरुष बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।
चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चन्दको खोजतलास कार्य भइरहेको बैतडी प्रहरीले जनाएको छ।
यसअघि साेमबार पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ बर्षीया बिन्दुदेवी साउद पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली नदीको डिम्बरघाट नजिकै मृत अवस्थामा भेटिएकी थिइन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!