बैतडीमा पनि उच्च सुरक्षा सतर्कता

बैतडी: बैतडीमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउने निर्णय भएको छ । 
बद्लिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयाे ।

विशेषगरी पूर्व प्रधानमन्त्री एवं पूर्व गृहमन्त्रीको पक्राउसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा निगरानी, चेकजाँच तथा अन्य सुरक्षा रणनीतिहरू कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयाे। 
जिल्लाबासीको जीउधनको सुरक्षा गर्ने, सार्वजनिक तथा निजी सम्पत्तीको सुरक्षा गर्ने दायित्व स्थानीय प्रशासन भएकाले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्ने निर्णय भएको हाे । 
बैठकले जिल्लाको वर्तमान शान्ति सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ । साथै यसलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूबीच आपसी समन्वय गर्दै उच्च सतर्कताका साथ परिचालन हुने निर्णय गरिएको छ ।

त्यसैगरी, देशको पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिका कारण उत्पन्न हुनसक्ने सम्भावित विरोध प्रदर्शन, जुलुस तथा अन्य गतिविधिले शान्ति सुरक्षामा पर्न सक्ने प्रभावप्रति बिशेष ध्यान दिँदै सुरक्षा निकायहरूलाई सजग रहन निर्देशन दिइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी थापाका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!