आईपीएल क्रिकेट आजदेखि: उद्‍घाटनमा साविक विजेता बेंगलुरु र हैदराबाद भिड्दै

काठमाडौं: बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ ।
बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा बेलुका पौने ८ बजे हुने उद्‍घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दैछन् ।

प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन् । यी खेलहरु विभिन्न १० मैदानमा खेलाइनेछ । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेल आयोजना गरिनेछन् ।

गत संस्करणको फाइनलमा बेंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेर पहिलोपटक उपाधि जितेको थियो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!