भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा,अस्ट्रेलिया पराजित

काठमाडौं: भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेकाे छ।  सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा पुगेको हाे।

भारतले दिलाएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो। 
उसका ट्राभिस हेडले ७६ रनको अर्धशतकीय ईनिङ खेले पनि टाेलीलाई जिताउन सकेनन् ।

भारतका लागि कुलदिप यादवले दुई तथा अर्शदिप सिंह, जसप्रित बुमराह र अक्षर पटेलले समान एक एक विकेट हात पारे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको सानदार अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो।

जितसँगै भारत अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ। पराजित अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको झिनो सम्भावना भने बाँकी रहेको छ।

मंगलबार बिहान हुने खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेमा अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको सम्भावना छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!