काँग्रेसको १५ औँ महाधिवेशन अगामी असोज हुने

काठमाडौं : नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।
बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुने समेत जानकारी दिनुभयो ।

कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ । उहाँले बैठकले पार्टीको केन्द्रीय महाधिवेशन अगामी असोज १६,१७, १८ र १९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले सरकार निर्माणको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रुपमा बधाई एवं शुभकामना दिएको बताउनुभयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!