हुम्लामा एक सुत्केरीकाे उद्धार

हुम्ला: हुम्लाको चंखेली गाउँपालिका–५, पिप्लाङ गाउँकी एक सुत्केरी महिलाको अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

पिप्लाङ निवासी ३८ वर्षीय सुरेन्द्रबहादुर शाहीकी श्रीमती ३४ वर्षीया वासना शाहीलाई चैत ६ गते बिहानदेखि सुत्केरी व्यथा लागेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई सोही दिन साँझ जिल्ला अस्पताल हुम्ला पुर्‍याइएको थियो।

जिल्ला अस्पतालमा गरिएको परीक्षणपछि त्यहाँ सुत्केरी गराउन सम्भव नभएको चिकित्सकले बताएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा थप उपचारका लागि सुर्खेत पठाउने निर्णय गरिएको थियो।

त्यसपछि नेपाली सेनाको NA-055 नम्बरको हेलिकप्टरमार्फत सिमकोट विमानस्थलबाट उनलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!