प्रधानमन्त्री कप क्रिकेट: शेरकाे कप्तानीमा सुदूरपश्चिमकाे टाेली घाेषणा

बैतडी:प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको टाेली छनाेट गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार शेर मल्लकाे कप्तानीमा १५ सदस्यीय टाेली घाेषणा गरिएको हाे।

छनाेट हुने खेलाडीहरूमा कप्तानमा शेर मल्लसँगै उपकप्तानमा किरण ठगुन्ना, खडक बोहरा,दिपक बोहरा, हेमन्त धामी, बिकाश आग्री,अभिषेक पाल,प्रकाश पाण्डेय, मिलन बाेहरा, नरेन भट्ट,लोकेन्द्र चन्द,सौर्य श्रेष्ठ,नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन्।

यस्तै अर्जुन बि. क.,टेक रावत, सचिन भट्ट र भोज राज भट्ट वैकल्पिक खेलाडीको सूचीमा रहेका छन्।

टाेलीकाे व्यवस्थापकमा दिनेश सिंह,प्रशिक्षकमा धिरेन्द्र चन्द र सहायक प्रशिक्षकमा शेर सिंह नेगी रहेका छन्।

गत माघमा सञ्चालन भएकाे प्रादेशिक छनाेट प्रतियोगिता र त्यसपश्चातकाे बन्द प्रशिक्षणमा गरेकाे प्रदर्शनका आधारमा टाेली घाेषणा गरिएको जनाएको छ।

प्रदेशबाट छनाेट भएकाे टाेलीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नेछ ।
प्रतियोगिताकाे विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!