बैतडीमा ट्रक दुर्घटना: चालकसहित चारजना घाइते

बैतडी: जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। नेपालगञ्जबाट सिमेन्ट बाेकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति २ बजे राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हाे।

दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका-८ का ३६ वर्षिय कृष्ण विष्ट, साेही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका ७ वर्षिय छाेरा अभिषेक र ४ वर्षिय छाेरा प्रयान्स रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।

घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ।
दुर्घटनाग्रस्त ट्रक सडकबाट २५ मिटर तल खसेकाे र दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!