दाेगडाकेदार गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

सुरेश महरा/बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाकाे चालु आर्थिक वर्ष २०८२/०८३ काे पहिलाे अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजना तथा कुशल मल्टिमिडिया नेटवर्क प्रालिकाे सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको हाे।

चालू आवकाे पहिलाे छ महिनामा सञ्चालन भएका योजना तथा कार्यक्रमबारेकाे प्रतिवेदन सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले बताउनुभयो।

प्रतिवेदन सार्वजनिकपश्चात् उठेका विभिन्न जिज्ञासा, प्रश्न तथा गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की र उपाध्यक्ष पार्वती ऐरी कार्की,प्रमुख प्रशासकीय अधिकृत तथा शाखाका प्रमुखहरुले उठेका प्रश्नको जवाफ दिनुभयो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सधै नागरिकको पक्षमा रहेर गाउँपालिकाका विभिन्न गतिविधिहरु अगाडि बढाइएको बताउनुभयो। सुनुवाइ कार्यक्रममा सरोकारवालाको उपस्थिति रहेको थियो।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!