बैतडीमा बदर मतको संख्या बढ्यो

बैतडी: बैतडीमा बदर मतको संख्या बढेको देखिएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बैतडीमा पाँच हजार बढी मत बदर भएको छ ।

आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । यो बदर मत संख्या वि स २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनको भन्दा बढी हो ।

यहाँ ६७ हजार ७३० मत सदर भएका थिए । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । तर सोचेअनुरूप बदर मतको संख्या घट्न नसकेको उहाँले बताउनुभयो ।

वि स २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो ।

मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वस्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना प्रतिस्प्रर्धामा थिए ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!