बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न: ४६ प्रतिशत मत खस्यो,मतगणना भाेलिदेखि

बैतडी: प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । 

जिल्लाका २ सय १५ ओटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । 

बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता मध्ये ७३ हजार १४८ ले मतदान गरेका छन् । जसमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र १ अन्य मतदाताले मतदान गरेका छन् । बैतडीमा कुल मतदातामध्ये ४६ दशमलव ७८ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । 

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको थियो । जिल्लामा मतदान कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २ हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए । 
मतदान कार्य सम्पन्न गराउनका लागि १ हजार २८८ जना कर्मचारी खटिएका थिए । 
यसैबीच मतगणना भाेलि मात्रै सुरु हुनेछ ।
जिल्लाभरीका मतपेटिका आज रातभरीमै सदरमुकाम ल्याइसक्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणनाको काम शुरु हुने जनाएको छ । 
जिल्ला अदालतको भवनमै मतगणनास्थल बनाइएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!