निर्वाचन प्रहरीको मृत्यु

बैतडी: बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे ।

आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।
प्रहरी निरीक्षक सिंहले भन्नुभयाे,” सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउछन् ।ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे।”
महादेवकाे शव परिक्षणका जिल्ला अस्पतालमै रहेकाे र भोलिमात्रै परिक्षणकाे काम हुने जनाएको छ।

यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दकाे पनि भीरबाट लडेर ज्यान गएको थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!