बैतडी: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको नतिजाअनुसार बैतडीका १० स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिका पहिलो बनेको छ ।
दाेगडाकेदार ६०.५२ अंकसहित पहिलाे हुँदा डिलाशैनी गाउँपालिका भने ४०.३८ अंकसहित पुछारमा छ।
यस्तै पाटन नगरपालिकाले ५९.७०, शिवनाथ गाउँपालिकाले ५९.४४,मेलौली नगरपालिकाले – ५७.१६, सुर्नया गाउँपालिकाले ५२.४६,पुर्चौंडी नगरपालिकाले ४८.६९, दशरथचन्द नगरपालिकाले ४८.५८, पञ्चेश्वर गाउँपालिकाले ४८.५१ र सिगास गाउँपालिकाले ४६.७१ अंक प्राप्त गरेको छ।
१७ सूचकका आधारमा गरिएको मूल्यांकनमा बजेट पेश/पारित, प्रदेशलाई कर भुक्तानी, विद्यार्थी भर्नादर, सुरक्षित सुत्केरी, पूर्ण खोप लगायतका विषय समेटिएका छन्।
