सुदूरपश्चिमस्तरीय राष्ट्रपति रनिङ शिल्ड कैलालीको कब्जामा

डडेल्धुरा: १६ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम भएको छ।

डडेल्धुरास्थित अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा सम्पन्न प्रतियोगितामा कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै पहिलो स्थान हासिल गरेकाे हाे। कञ्चनपुरले १७ स्वर्ण, १३ रजत र १३ कास्य गरी कुल ४३ पदकसहित दोस्रो स्थान प्राप्त गर्दा डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३० पदक जितेर तेस्रो स्थानमा रह्यो।

बैतडीले ६ स्वर्ण, ७ रजत र १३ कास्यसहित कुल २६ पदक जित्दै चौथो स्थान हासिल गर्‍यो।
दार्चुला, बझाङ, बाजुरा, डोटी र अछाम क्रमशः पाँचौँ, छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा रहे। दार्चुलाले ३ तथा बझाङले २ स्वर्ण पदक जित्दा बाजुरा, डोटी र अछाम भने स्वर्ण पदकविहीन बने।
प्रतियोगिता अवधिभर विभिन्न खेल विधामा कुल ६६ स्वर्ण, ६६ रजत र १०० कास्य गरी जम्मा २३२ पदक वितरण गरिएको थियो।
सुदूरपश्चिमकाे पहाडी जिल्लामा पहिलोपटक प्रतियोगिता भएको हाे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!