रास्वपा दाेगडाकेदारकाे अधिवेशन सम्पन्न,सभापतिमा नैनसिंह कार्की निर्वाचित

बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काे बैतडीको दाेगडाकेदार गाउँपालिकाकाे अधिवेशन आज सम्पन्न भएको छ।
खाेचलेकमा सम्पन्न अधिवेशनबाट नैनसिंह कार्की सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।
कार्कीकाे नेतृत्वमा ११ सदस्यीय पालिका समिति गठन गरिएको रास्वपा बैतडीका सचिव हरिश जाेशीले जानकारी दिनुभयाे।

यस्तै विभिन्न विभागहरूका सदस्य समेत चयन गरिएका छन्। रास्वपाका केन्द्रीय प्रतिनिधि भाेजराज जाेशी(क्वालिटी)काे प्रमुख आतिथ्यता अधिवेशन सम्पन्न भएकाे हाे।

नवनिर्मित पालिका सभापति कार्की नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक(डीएसपी)समेत हुनुहुन्थ्यो । कार्कीले सांगठनिक हित र जनताकाे सुखदुःखमा सधै साथमा रहने प्रतिवद्धता जनाउनुभयाे।

अधिवेशनलाई सम्बाेधन गर्दै केन्द्रीय प्रतिनिधि क्वालिटीले रास्वपाले सरकारकाे नेतृत्व गरेपछि जनता उत्साहित रहेका बताउनुभयो । रास्वपा सरकारले जनताकाे हितमा काम गर्ने बताउदै परिणाममुखी काम गर्ने विश्वास व्यक्त गर्नुभयाे।
प्रतिनिधिसभा निर्वाचनजस्तै स्थानीय र प्रदेशसभा निर्वाचनमा पनि रास्वपालाई जिताउन जाेशीले आह्वान गर्नुभयाे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!