बैतडी: महाकाली नदीमा डुबेर एककाे मृत्यु,एक बेपत्ता

बैतडी: महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाकाे मृत्यु भएकाे छ। एकजना बेपत्ता रहेकी छन्।

मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयाे।

शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेकाे केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीकाे मृत उद्धार गरेकाे थियाे।

रजनीसंगै महाकालीमा नुहाउन गएकी साेही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन्।

बेपत्ता अस्मिताकाे खाेजी कार्य जारी रहेकाे छ। अस्मिताकाे खाेजीका लागि स्थानीय बासिन्दासंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएकाे प्रवक्ता पाण्डेले बताउनुभयाे।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!