फागुन २१ को चुनावमा भाेट हाल्न मतदाता परिचयपत्र नभए पनि हुने!

काठमाडौं: आगामी २१ फागुनमा निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने भएको छ । मतदाता परिचयपत्र हराएको, नस्ट भएको वा साथमा नभएको अवस्थामा ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर भोट हाल्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ । नाम दर्ता भएका मतदाताले सामान्य अवस्थामा मतदाता परिचयपत्र लैजानुपर्ने भए पनि विशेष अवस्थामा अन्य कागजात प्रयोग गर्न सकिने आयोगले जनाएको छ ।

तर, मतदाता परिचयपत्र नभएको वा हराएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र तथा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एक सक्कल कागजात लिएर मतदान गर्न पाइने आयोगले जनाएको छ।

यस व्यवस्थाले परिचयपत्र नहुँदा मतदानबाट वञ्चित हुने अवस्था नआउने विश्वास गरिएको छ ।

आगामी निर्वाचनमा सबै मतदातालाई आवश्यक कागजातसहित मतदानमा सहभागी हुन आग्रह समेत गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!